काठमाडौं ।
फिल्म ‘प्रेमगीत ३’को फेरि दुई वटा पोस्टहरु सार्वजनिक भएको छ । उक्त सार्वजनिक पोस्टरमा बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्री रहेका छन्|निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो सामाजिक संजालमार्फत उक्त पोस्टहरु पोस्ट गरेका हुन् । उनले मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भूमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टरको पोस्टर सार्वजनिक भनेका छन्।
‘प्रेमगीत–३’ (अ फर्विडन लभस्टोरी) पिरियड ड्रामा फिल्म हो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बन्दै गरेको फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’को भूमिका निभाउँदैछन् । त्यस्तै ‘गीत’को भूमिकामा नव अभिनेत्री क्रिस्टिना गुरुङ प्रस्तुत हुँदैछन् ।
फिल्मको टिजर पनि आइसकेको छ। उक्त टिजरमा अभिनेता खड्काको योद्धा अवतारमा प्रस्तुत भएका छन्। त्यसै गरी केही समय अगाडि अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको थियो ।
‘प्रेमगीत–३’ मा प्रदीप र क्रिस्टिनाकासंगै शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।चैत २८ मा प्रदर्शन मिति ताेकिएकाे फिल्म ‘प्रेमगीत–३’ को छायांकन यतिबेला मनाङमा भैरहेको सन्तोस सेनले जानकारी दिएका छन् ।