एजेन्सी।
सामन्यतया गोही मांमशाहारी जनावर हो । तर, गोहीले जनावरको शिकार गर्न छाडेर शाकाहारी बनेको र मन्दिरको प्रसाद खान थालेको सुन्दा अनौठो लाग्न सक्छ । तर, भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरको यो यथार्थ घटना हो ।
भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरको वरिपरि रहेको तालमा बस्ने बबिया नामक गोहीको आनीबानीले जो कोहीलाई पनि अचम्ममा पार्दछ । मन्दिरलाई घेरेको तालमा विगत डेढसय वर्षदेखि गोही बस्दै आएको छ । गोहीले डेढसय वर्षदेखि मन्दिरको सुरक्षा गर्दै आएको बताइन्छ । एउटा गोही मरेसँगै अर्को नयाँ गोही आफैं देखापर्दछ ।
हाल मन्दिरको तालमा रहेको बबिया गोही निकै शान्त छ र शाकाहारी छ । हरेक दिन बबियाको खाना खाने समय निश्चित छ । दिउँसोको पूजा पश्चात बबियालाई भात तथा गुँडबाट बनाइएको कसार जस्तो प्रसाद खान दिइन्छ ।