तनाव घटाउन अपनाउनुहोस् यी ८ उपायहरु

हामी सबैले अनुभव गरेको कुरा हो तनाव ।चाहे विद्यालयमा होस्, चाहे काममा होस वा चाहे अन्य ठाउँमा होस्, तनाव हाम्रो जीवनको सामान्य पाटो बन्दै गइरहेको छ । तर तनाव व्यवस्थापन नै गर्न नसकिने कुरा भने होइन । यी ८ वटा सिर्जनात्मक तर सरल उपायलाई अपनाएर तनावबाट मुक्त गर्न सकिन्छ ।

सुन्तलाको जुस पिएर
सुन्तलाको जुस स्वादिलो र स्वास्थ्यवद्र्धक मात्र हुदैन, यसले तपाईको चिन्तालाई कम गर्न मद्दत गर्दछ । भिटामिन सि बढी भएको खाना तथा पेयपदार्थ जस्तै सुन्तलाको जुसले हाम्रो शरीरमा भएको तनाव बढाउने हार्मोनलाई कम गर्दै तनावको मात्रालाई घटाउँछ । त्यसैले दिनमा दुई गिलास सुन्तलाको जुस पिउनुहोस् र तनाव कम गर्नुहोस् ।

चुइङगम चपाएर
हामी सबैलाई थाहा छ ,चुइङगमले हाम्रो सासलाई ताजा राख्ने र स्न्याकको मात्रालाई घटाउँछ । तर हामी मध्य कमैलाई मात्र थाहा छ, यसले तनाव र डिप्रसनलाई कम गर्दछ भनेर । साथैे चुइङगम चपाउनु भयो भने काम गर्दा तपाईको सतर्कता बढ्ने र एकै पटक धेरै काम गर्ने क्षमतामा पनि सुधार आउँछ ।

बेलुन फुकेर
यो कुरा सुनेर के म बच्चा हो भनेर रिसाउनुहोला नि । नरिसाउनुहोस् किनभने बेलुन फुक्दा तपाईले लामो स्वास लिनहुन्छ जुन तनाव घटाउने उपायको रुपमा प्रमाणित भइसकेको छ । त्यसकारण बेलुन लिनुहोस, फुक्नुहोस् र तनाव कम गर्नुहोस् । यसो गर्दा तपाईको तनाव मात्र कम हुदैन , तपाईको क्रियाकलाप देखेर हास्नेहरुको पनि तनाव कम हुन्छ ।

धूप बालेर
वैज्ञानिक अध्ययनले सुगन्धको माध्यमबाट हाम्रो तनाव कम हुने कुरालाई प्रमाणित गरेको छ । ल्याभेन्डर( एक प्रकारको सुगन्धित फूल)को सुगन्धले तनावको स्तरलाई कम गर्दछ । यसकारण पनि तनावमा रहेको बेला प्राकृतिकरुपमा बनाइएका धूप बाल्नुहोस् र तनावबाट छुटकारा पाउनुहोस् ।

यौन सम्बन्धी गफ गरेर
तपाईलाई यो कुरा नपच्न सक्ला तर यौनकाबारेमा गफ गर्दा तपाईको उच्च रक्तचाप कम हुने र तनावको बाह्य स्वरुपमा कमी आउने कुरा विज्ञानले प्रमाणित गरिसकेको छ । यसबारेमा निर्धक्क भएर गफ गर्नुहोस् र तनाव कम गर्नुहोस् ।

सिर्जनात्मक कार्यमा लागेर
कला तथा साहित्यसम्बन्धी क्रियाकलापमा संलग्न हुदाँ तनाव र यससँग सम्बन्धित व्यावहार कम हुने गर्दछ । यसलाई आर्टथेरापी पनि भन्ने गरिन्छ । आफ्नो तनावलाई कम गर्न तपाई कुनै न कुनै कला तथा साहित्यसम्बन्धी क्रियाकलापमा व्यस्त हुनुभयो भने अवश्य पनि तनाव कम हुन्छ ।

चुम्बन गरेर
चुम्बन गरेर तनाव कम हुन्छ भनेर तपाई हाँस्नु त भएन नि ! चुम्बन गर्दा हाम्रो शरीरबाट एक प्रकारको रशायन बाहिर निस्कन्छ जसले तनाव कम गर्ने हार्मोनलाई सामान्य बनाउँदछ । तर चुम्बन गर्ने पार्टनरले तपाईबाट चुम्बनको आशा गरेको छ कि छैन भनेर निश्चित गर्नुपर्ने हुन्छ । यसका साथै चुम्बनले स्वस्थ र सकारात्मक सम्बन्ध विकास गरी तनाव तथा चिन्ता कम मर्दछ ।

राम्रा कुराको डायरी राखेर
डायरी राख्नाले जीवनमा अनुभव गरेको सुखद क्षणलाई तपाईले सजिलै स्मरण गर्न सक्नुहुन्छ । यसरी जीवनका रमाइला र सकारात्म क्षण वा कुराहरुलाई दिमागमा राख्नाले नकारात्मक विचार र चिन्ताहरु स्वत कम हुन्छन् र तनाव पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार