भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुख युरोप भ्रमणमा

पुनम गौतम, पोर्तुगल।

नजिकिदै गरेको भ्रमण वर्ष सन् २०२० को निम्तो दिन अहिले भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुख युरोप भ्रमणमा रहेका छन् ।

भरतपुरको विकास निर्माणलाई अध्ययन गर्न महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह यतिबेला बेल्जियममा व्यस्त छन् । उहांहरुले बेल्जियमको फलासिस प्रधानमन्त्री एनएम मोन्ड र युरोपियन संसदअन्तर्गतको ईसिआर समूहका उपाध्यक्ष एसिटा कानकोसँग दुई पक्षिय भेटबार्ता गर्नु भएको छ । स्वदेशका साना ठुला कार्यक्रमहरुमा गरिने भाषण र औपचारिक कार्यक्रम भन्दा केहि फरक अनुभूतिका साथ एक हप्ताको लामो यात्रामा उहांहरु युरोपका विभिन्न शहरहरुको प्रत्यक्ष अवलोकन र बैठकमा रमाईरहनुभएको छ ।

बेल्जिएमका नगरपालिकाहरुसंग सम्बन्ध विस्तारका लागि महत्वपुर्ण बैठक बसेको छ । समयलाई मध्यनजर गर्दै भरतपुर महानगपालिकाको प्रमुख सहितको भ्रमण टोलीले सोमबार नेदरल्याण्डको राजधानी आम्स्ट्राडमका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

शहरको विकासको पूर्वाधार निर्माण , पुननिर्माण र संरचना संरक्षण जस्ता गहन विषय वस्तुहरुमा सुष्म अध्ययन गर्नुका साथै भ्रमण टोलीले नेदरल्याण्डमा रहेका महानगरवासी नेपाली प्रतिनिधीहरु तथा गैर आवासीय नेपाली संघका प्रतिनिधीहरुका विचमा भ्रमणका विविध आयामहरु, महानगरको वर्तमान अवस्था, महानगरपालिकाको भावी योजनाहरुका सम्वन्धमा छलफल समेत गरेको छ । भरतपुर महानगरपालिका र डुफेल नगरपालिका विच मंगलबार पहिलो पटक मैत्रीपूर्ण बैठक सम्पन्न भएको हो । वैठकमा महानगरपालिका र डुफेल नगरपालिका विच आपसी हितका सम्वन्धमा छलफल भएको छ भने वैठकमा महानगर प्रमुख र उपप्रमुखले महानगरको वर्तमान अवस्था, भविष्यका योजना र भ्रमणका उदेश्यका वारेमा प्रकास पार्नु भएको थियो ।

महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहले प्रविधिका क्षेत्रमा मिलेर काम गर्न सकिने बताउंदै चितवन संसारको उत्कृष्ट पर्यटन गन्तव्य भएकाले सन् २०२० मा नगर प्रमुख लगायत तिनै उपप्रमुखहरुलाई नेपाल भ्रमणको लागि महानगरपालिकावाट निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भएको थियो । लामो समयदेखि बेल्जियमलाई कर्मथलो बनाएर बसोबास गरिरहनुभएका भरतपुर महानगरपालिका स्थायी घर भई हाल बेल्जियमको सबैभन्दा ठूलो राजनैतिक दल एन भि एको ग्रोबेन्दोङ् नगरका संगठन प्रमुख एबं बातावरण सल्लाहाकार कृष्ण रेग्मीका अनुसार भेटका क्रममा नगर प्रमुख र उपप्रमुखले प्रधानमन्त्री मोन्ड र कान्कोलाई भ्रमण बर्ष सन् २०२० मा भ्रमणको निम्तो दिनु भएको थियो ।

मेयर र उपमेयर सहित बेल्जियमका ५ वटा नगरपालिकासंग सम्बन्ध विस्तारका लागि बुधबारबाट शुक्रबारसम्म महत्वपुर्ण बैठक हुनेछ । भरतपुर महानगरपालिकालाई कसरी स्मार्ट सिटी बनाउने, कस्ता खालका पूर्वाधारहरु तयार गर्न सकिन्छ, महानगरपालिका यस्तो मापदण्डमा कसरी पुराउने, शहरमा सजिलै उपलव्ध हुने छिटो छरितो विजुलीवाट रिचार्ज गर्न सकिने सिस्टम, फोनमा एउटा एप्स डाउनलोड गरी सिमित रकममा सजिलै जताततै लिएर हिड्न सकिने साधनका सम्भावना र आवश्यकताका सम्वन्धमा गरिएको विषयलाई महत्वका साथमा महानगरपालिकाका प्रमुख, उपप्रमुख, सहित विभागीय प्रमुख ईन्जिनियरहरुले जानकारी लिनुभयो । साथै महानगरपालिका क्षेत्रलाई कसरी फोहर मैला व्यवस्थापन गर्ने, र यो अभियानमा महानगरवासीले कसरी सहयोग गर्न सक्छन? महानगरपालिकाले त्यसका लागि आफ्रना महानगरवासीलाई कसरी सेवा पुराउने भन्ने विषयमा महानगरपालिकाकी प्रमुख र उपप्रमुखले अभिरुचीपूर्वक अवलोकन गर्नुभएको यात्राका संयोजक रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै, शहरमा निस्कने सिसा, प्लास्टिक, कागज लगायतका फोहोरहरुको उचित संकलन र व्यवस्थापनको बारेमा समेत संक्षेपमा जानकारी आदानप्रदान भयो । सोहिक्रममा प्रमुख दाहाल र उपप्रमुख शाहले एक सिंगे गैंडाको मायाको चिनो उपहार दिदैं उहांहरुलाई नेपाल सुन्दर देश भएको भन्दै एक सिंगे गैंडा अवलोकनका लागि निम्तो दिनु भएको थियो । सो क्रममा उहांहरुले नेपालमा लामो समय पछि स्थानीय तहमा निर्वाचन भएको र बिकसीत मुलुकहरुले गरेका बिकासलाई आफुहरुले पच्छ्याउने गरि काम सुरु गरेको बताउनु भएको थियो । रेग्मीका अनुसार प्रमुख र उपप्रमुखलाई मोन्ड र कान्कोले यहांको प्रबिधि अनुसरण गरि बिकास गर्न आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोगको प्रतिवधता व्यक्त गर्नु भएको थियो ।

प्रमुख र उपप्रमुखले आज बेल्जियमको सत्तारुढ दलको सबैभन्दा ठूलो पार्टी एनभिएका सभापति एबं त्यहाँको ठूलो नगरपालिका एन्ट्रोपेन सिटि प्रमुख बर्त द वेभरसंग भेटबार्ता गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार