पर्वतमा भिरबाट लडेर एक महिलाको मृत्यु

पर्वत ।

फलेवास नगरपालिका–३ मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दाउरा काट्न जंगल गएकी २७ वर्षीया सुधा दर्जीको बासे ओढार नामक भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार