सवारी दुर्घटनामा आगलागी, १३ को मृत्यु

पाकिस्तान ।

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो । दुर्घटनामा आगलागीसमेत भएको समाचारमा जनाइएको छ । पाकिस्तानी सरकारी सञ्चार माध्यमका अनुसार दुर्घटना भएको सवारीमा कति यात्रु थिए भन्ने एकिन भइसकेको छैन ।

घाइतेको संख्या र अवस्थाका बारेमा कुनै जानकारी प्राप्त भइसकेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार