शुक्रवार बसेको संसदको अन्तराष्ट्रिय समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको भूमि हुँदै कालापानी जान सक्ने स्थिति नभएकाले त्यहाँ बाटो बनाउने र सुरक्षाकर्मी पठाउने बताएका छन्।
उनले सीमा सुरक्षाको जिम्मा गृहमन्त्रालय मातहतको भएको बताउँदै कालापानीसम्म नेपालकै भूभाग भएर जाने बाटो बनाउनुपर्ने बताएका छन्। ‘त्यसका लागि हामीले सुरक्षाकर्मी पठाउँछौं’ उनले भने। सरकारले सीमा सुरक्षा बढाउनका लागि थप ७० वटा बीओपी थप्ने निर्णय गरेको बादलले बताए।
बैठकपछि समितिले समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ।