कम ज्याला को बिरोधमा TVI टेलिभिजनका का २०० पत्रकार र कर्मचारीहरु हड्तालमा

लिस्बन, पोर्चुगल।

कम ज्याला र निश्चित करार सम्झौताका कारण TVI का २०० पत्रकार र कर्मचारीहरु हड्ताल गर्ने भएका छन्। TVI टेलिभिजन कम्पनी कोफिना कम्पनीले किनेपछि उनीहरु झनै चिन्तित र आक्रोशित भएका हुन्।

TVI का पत्रकार र कर्मचारीहरु दुखी छन् कि कोफिनाले TVI को खरीदको बारेमा कसैलाई पनि सूचित गरेन। अनिश्चितता र कम ज्यालाले मजदुरहरूलाई आन्दोलनको निर्णय लिन बाध्य बनायो।

कम ज्याला, निश्चित सम्झौताहरू र गुपचुप कम्पनी बिक्रि, यी केहि कारणहरू छन् जुन झन्डै २०० टिभी कर्मचारीहरूलाई आन्दोलनका लागि उक्साएको छ। उनीहरुले आफ्ना माग र त्यसको सुनवाई नभए आन्दोलन गर्ने चेतावनी हस्ताक्षर गरेर प्रशासनलाई हस्तान्तरण गरिसकेका छन्।

TVI प्रशासनले उनीहरुको मागको सुनवाई नगरे आउदो बुधवार हड्ताल गर्ने चेतावनी दिएका छन्।

TVI कम्पनीले आफ्ना कर्मचारीहरुलाई दिदै आएको १५० युरोको क्रिसमस गिफ्ट कार्ड नदिने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन्। कम्पनीले मासिक १५०० यूरो तलब पाउने कर्मचारीले मात्रै बाह्र बर्षसम्मका बालबच्चा भएकाले मात्रै २५ युरोको गिफ्ट कार्ड दिने निर्णय गरेपछि कर्मचारीहरु अचम्मित भएका थिए। लामो समयदेखि तलब वृद्धिको आश्वासनले पर्खाइमा बसेका पत्रकार र कर्मचारीहरुले खाइपाई आएको सुविधामा समेत कटौती भएपछि कर्मचारीहरु प्रशासनसंग झनै आक्रोशित भएका छन्।

TVI टेलिभिजनमा लामो समयदेखि तलब वृद्धिका लागि कर्मचारी र प्रशासनको सम्बाद र सम्झौताबाट नयाँ बर्षबाट न्युनतम तलब ८०० युरो वृद्धि गर्ने सम्झौता भएको थियो, तर कर्मचारीहरुको अडान थियो कि ” यो तलब वृद्धि प्रयाप्त थिएन”।

TVI टेलिभिजनमा अझै पनि न्यूजरुमका धेरै कर्मचारीहरु ६०० युरोमै काम गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार