लन्डन ।
मिस वर्ल्ड २०१९ प्रतियोगिता सम्पन्न भएको छ । लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन् ।
विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।
जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।
यो बर्षको ‘मिस वर्ल्ड’मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’अन्तर्गत मल्टिमिडिया अवार्ड जितेर उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् ।