भारत लैजाँदै गरेका जुम्लाको १९ बालकको उद्दार

– शंकरप्रसाद खनाल

नेपालगन्ज : जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ ।

उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए ।

उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार