नक्कली बन्दुक देखाउदा २१ वर्षीय युवाको प्रहरी कारवाहीमा गयो ज्यान !

न्युयोर्कको ब्रोंक्समा नक्कली बन्दुक बोकेका एकजना २१ वर्षीय युवा प्रहरीको कारवाहीमा मारिएका छन् । शनिबार विहान मोरिस हाइट ग्रान्ट एभिन्युको १६७ स्ट्रीटमा उक्त युवामाथि प्रहरीले गोली चलाएको थियो ।

कसैले ९११ मा फोन गरेर ती युवासँग बन्दुक रहेको सुचना दिएको थियो । त्यसपछि प्रहरीले ती युवालाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले हात देखाउनभन्दा ती युवाले नक्कली बन्दुक प्रहरीतिर ताकेका थिए ।

त्यसपछि तत्काल प्रहरीले उनीमाथि गोली चलाएको थियो । घाइते अवस्थामा अस्पताल लगिएपनि ती युवाको तत्काल मृत्यु भएको थियो ।

प्रहरीले उक्त नक्कली बन्दुकको तस्वीर सार्वजनिक गरेको छ । ती युवामाथि प्रहरीले कति राउण्ड गोली चलाएको थियो भन्नेबारे केही खुलेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार