काठमाडौँ – समाजसेवी तथा सूचना प्रविधि अभियन्ता महावीर पुनले ऋणको लागि सार्वजनिक आह्वान गरेका छन्।
ऋण दिन बैंकले नपत्याएपछि पुनले सामाजिक संजाल मार्फत ऋणको लागि सार्वजनिक आह्वान गरेका हुन्। सामाजिक संजाल मार्फ पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको जानकारी गराएका छन्।
आफूले अघि सारेका सामुदायिक पर्यटन र साना साना प्रविधिका सामान बनाउने कारखानाको सपना साकार गर्नको लागि लगभग ३ करोड चाहिने भएता पनि सरकार र बैंकबाट सगयोग नमिलेपश्चात सार्वजनिक आह्वान गर्न परेको उनको भनाई छ।
“बिश्वासको भरमा ४% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो। करिब ३ करोड चाहिएको छ। एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ।”,सार्वजनीक आह्वान गर्दै पुनले फेसबुकमा लेखेका छन्।
विभिन्न वित्तीय संस्था र बैंकहरुबाट ऋण पाउन गाह्रो भएको हुँदा विश्वभर रहेका नेपाली माझ आफूले सार्वजनिक आह्वान गरेको उनले फेसबुकमा उल्लेख गरेका छन्।
उनले जानकारी गराए अनुसार ऋण तीन वर्षको लागि मात्र चाहिएको छ।
उनले लेखेका छन् –
” बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ |
पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ|
दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ|
कोहि हुनु हुन्छ भने मलाई mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ। “