विप्लवलाई धक्का : केन्द्रीय सदस्यसहित दुईजना पक्राउ

उदयपुर । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कटारी नगरपालिका–६ रिस्कु धपडबाट प्रहरीले विप्लव समूहका दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो इन्चार्ज तथा केन्द्रिय सदस्य भोजपुर षडानन्द नगरपालिका १३ का ४३ वर्षीय देवान सिंह भन्ने दिपेश राई र नेकपा विप्लव समूहको केन्द्रिय सदस्य कटारी नगरपालिका ४ का ३२ वर्षीय सुरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

एसपी मगरकाअनुसार उनीहरुको साथबाट नगद ३२ हजार ९ सय ५० रुपैँया, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको १६ थान सिमकार्ड, स्काई मोबाइल सिम १ थान, सिमसहित स्मार्ट एनड्रोइड मोवाइल ३ थान, किप्याड मोबाइल ६ थान, नेपाल कम्युनिष्ट पार्टी रसिद ८ पाना बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार