पोर्चुगलमा गत बर्ष कानुनतः बसोबास गर्ने आप्रवासीहरुको संख्या ४ लाख ८० हजार नाघ्यो !

सुरेश जोशी , लिस्बन।

शान्त र सस्तो बसोबासका कारण युरोप, अमेरिका, अष्ट्रेलिया लागायत विश्वका सम्पन्न मुलुकका नागरिकहरुको रिटायर्ड जीवनका लागि पोर्चुगल रोजाईको गन्तब्य बन्दै आएको छ। अर्कोतिर अबिकसित, अल्पविकसित, विकासोन्मुख र तेस्रो कुलुकका नागारिकहरुको लागि खुकुलो आप्रवासी नीतिका कारण पछिल्ला बर्षहरुमा पोर्चुगल रोजाइको पहिलो र अन्तिम गन्तब्य बन्दै आएको छ।

सन् २०१८ मात्रै पोर्चुगलमा कानुनतः बसोबास गर्ने आप्रवासीहरुको संख्या ४ लाख ८० हजार नाघेको छ।

पछिल्लो १० बर्षमा पोर्चुगलमा सबैभन्दा बढी उपस्थित आप्रवासीहरु नेपाल र फ्रान्सका रहेका छन्। पोर्चुगलमा बसोबास गर्ने सबैभन्दा ठुलो आप्रवासी समुदाय ब्राजिलियनहरु हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार