पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी वृद्धिमा नेपाली पहिलो नम्बरमा !

सुरेश जोशी , लिस्बन।

पछिल्लो १० बर्षमा पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी वृद्धिमा नेपाल र फ्रान्सका नागरिक पहिलो नम्बरमा छन्। पोर्चुगलमा बसोबास गर्ने सबैभन्दा ठुलो आप्रवासी समुदाय ब्राजिलियनहरु हुन्।

शान्त र सस्तो बसोबासका कारण युरोप, अमेरिका, अष्ट्रेलिया लागायत विश्वका सम्पन्न मुलुकका नागरिकहरुको रिटायर्ड जीवनका लागि पोर्चुगल रोजाईको गन्तब्य बन्दै आएको छ।

अर्कोतिर अबिकसित, अल्पविकसित, विकासोन्मुख र तेस्रो कुलुकका नागारिकहरुको लागि खुकुलो आप्रवासी नीतिका कारण पछिल्ला बर्षहरुमा पोर्चुगल रोजाइको पहिलो र अन्तिम गन्तब्य बन्दै आएको छ।

यो पनि पढ्नुस् !

सन् २०१८ मात्रै पोर्चुगलमा कानुनतः बसोबास गर्ने आप्रवासीहरुको संख्या ४ लाख ८० हजार नाघेको छ। बिशेषतः पोर्चुगलमा बेलायत, फ्रान्स, इटाली , नेपाल , भारत, बंगलादेश, र भेनेजुएला का नागरिकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। एक लाख ५ हजार ४ सय २३ आप्रवासी सहितको ब्राजिलियनहरुको समुदाय पोर्चुगलको सबैभन्दा ठुलो आप्रवासी समुदाय हो।

सेफको तथ्यांक अनुसार सन् २००९ मा पोर्चुगलमा जम्मा ६८५ नेपाली थिए, जसमा ४७० पुरुष र २१५ जना महिला थिए । यो संख्या सन् २०१६ मा बढेर ५,८३५ पुग्यो भने पुरुष ३,८६३ र महिला १,९७२ थिए । २०१७ मा नेपालीको संख्या ७४३७ पुग्यो, जसमा ४७१८ पुरुष र २७१९ महिला थिए ।

२०१८ मा पोर्चुगलमा नेपालीको संख्या ११,४८९ रहेको सेफको तथ्यांक छ । त्यतिबेलासम्म पोर्चुगलमा रहेका नेपालीहरुमा पुरुषको संख्या ७३१३ र महिलाको संख्या ४११७ रहेको सेफले जनाएको छ । पोर्चुगलमा नेपालीको जनसंख्या वृद्धिदर १४१ दशमलब २ प्रतिशत रहेको छ , जुन सबैभन्दा उच्च हो ।

यो पनि पढ्नुस् !

त्यस्तै केप भेर्द (३४,६६३) , रोमानिया (३०,९०८) , बेलायत (२६,४४५) , चीन ( २५,३५७ ) , फ्रान्स ( १९,७७१ ) , इटाली ( १८,३८२) र गिनिया बिसाउ (१६,१८६ ) नागरिकहरु पोर्चुगलमा बसोबास गर्ने सेफको तथ्यांक छ।

रिपोर्टका अनुसार आप्रवासीहरुको कुल संख्याको ६८.९ प्रतिशत जनसंख्या लिस्बनमा बसोबास गर्छन्। लिस्बनमा दुइ लाख तेह्र हजार पैसट्ठी , फारोमा सतहत्तर हजार चार सय उनानब्बे र सेतुबालमा चालिस हजार दुई सय नौ जना आप्रवासीहरु बसोबास गर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार