पौडेल र सिटौलाको असहमति बीच देउवाले एक वर्ष लम्ब्याए कार्यकाल

काठमाडौँ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन ७–१० फागुन २०७७ मा हुने भएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकबाट केन्द्रीय कार्य समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । २६ मंसीरबाट जारी केन्द्रीय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने बहिष्कार गर्दै आएका छन् ।

सहमतिका लागि सभापति शेरबहादुर देउवाले वार्ता समिति बनाए पनि नेता पौडेल र सिटौला मनाउने प्रयास सफल हुन सकेन । नेता पौडेल र सिटौलाले २०७७ मंसीरमै महाधिवेशनको मिति तय गर्नुपर्ने अडान राख्दै आएका थिए । तर, सभापति देउवाले पूरा एक वर्ष कार्यकाल लम्ब्याएका छन् ।१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्व कार्यकाल आगामी फागुनमा सकिदैछ ।

तर, पार्टी संघीय संरचनाअनुसार, जानुपर्ने भएकाले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने संस्थापन पक्षले तर्क गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार