पोर्चुगलमा आफ्नै प्रेमिकाको घाटी रेटेर हत्या !

लिस्बन।

पोर्चुगलको लिरियामा एक युवकले आफ्नै प्रेमिकाको घाँटी रेटेर हत्या गरेका छन्।

घटनास्थलमा उनीहरुका दुई र पाँच वर्षका दुई बच्चाहरु पनि थिए जसले अपराध देखेका थिए। प्रेमीलाई पोम्बलको नजिक आईसी २ मा पक्राऊ गरिएको थियो।

लिरियाको लि मार्टिन शपिंग सेन्टरमा आफ्नै अपार्टमेन्टमा घरायसी झगडाका कारण घटना भएको बुझिएको छ। घरमा प्रेमी प्रेमिका बिच झगडा भएपछि प्रेमीले आफ्नी ३५ बर्षीय प्रेमिकाको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रेमीकालाई आक्रमण गरिसकेपछि प्रेमीले आफै प्रहरीलाई शुक्रवार राती ९ बजेतिर जानकारी दिएका थिए। मेडिकल टिमसहित घटनास्थलमा प्रहरी पुग्दा आक्रमणमा परेकी प्रेमिकाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

प्रेमी अहिले न्यायिक प्रहरीको हिरासतमा छन्।
-फोटो : सिएम

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार