लिस्बनमा १९ बर्षीय युवालाई छुरा प्रहार !

लिस्बन |

दुई जनाबिच सामान्य बिबादपछि लिस्बनमा १९ बर्षीय एक युवालाई छुरा प्रहार गरिएको छ।

घटना लिस्बन लाइभ कन्सर्ट हलको बाहिर भएको हो। कन्सर्ट हलभित्र बिबाद भएपछि सुरक्षा गार्डहरुले दुबैलाई बल प्रयोग गरी हलबाट बाहिर निकालेका थिए। बाहिर आएलगत्तै घटना भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरी घाइते भएका युवाको सान्ता मारिया अस्पतालमा उपचार भईरहेको छ। घटना शुक्रवारको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार