अमेरिकाको लुजियानामा शनिबार भएको विमान दुर्घटनामा विमानमा सवार एकजनाबाहेक सबैको मृत्यु भएको छ । लाफियाट क्षेत्रीय विमानस्थल नजिकै भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
विहान ९ बजेर २२ मिनेट जाँदा भएको दुर्घटनामा घाइते एकजनालाई उपचारका लागि अस्पताल लगिएको छ । जहाजमा ८ जना चढेको जनाइएको छ ।
शनिबार विहान लाफियाट विमानस्थलको मौषम पनि खराब रहेको थियो । हुस्सुले ढाकिएको थियो भने भिजिबिलिटी पनि निकै कम रहेको थियो ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । लाफियाट न्यु ओर्लियान्सबाट १३० माइल पश्चिममा रहेको छ ।
Acadian Ambulance responded to the crash of a small civilian airplane in Lafayette (La) this morning and transported two patients to a local hospital. pic.twitter.com/f0SKqNJI7V
— Acadian Companies (@AcadianNews) December 28, 2019