नेपाल भ्रमण वर्ष २०२० : भागेश्वर गाउँपालिकाको कार्यक्रम–‘घुम्न जाऔँ भागेश्वर’

डडेल्धुरा /नेपाल
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर डडेल्धुराको भागेश्वर गाँउपालिकाले ‘घुम्न जाऔँ भागेश्वर’योजना सार्वजनिक गरेको छ । सरकारको अभियानलाई सार्थकता दिन र भ्रमण वर्षलाई सफल पार्नका भन्दै गाँउपालिकाले १ जना लाई पर्यटन फोकल प्रर्सन तोकेको छ ।

योजनासँगै भागेश्वर पर्यटन पेज, सञ्चारमाध्यम र समाजिक सञ्जालबाटट प्रचार—प्रसार गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले जानकारी दिइन् । ५ वटै वडाको केन्द्र बिन्दु वडा नम्बर–४ को टपुवा लेक (धुरा)मा बृहतभेला एवं छलफलगरी ती सबै वडामा ऐतिहासिक,धार्मिक, पर्यटकीय, क्षेत्रहरुको प्रचार—प्रसारका लागि आवश्यक गुरुयोजना तयार पारीने वडा नम्बर –३ का अध्यक्ष राम बहादुर शाहीले बताए ।

कार्यक्रममा पत्रकार, स्थानीय राजनैतिक अगुवा, समाजसेवी, वुद्विजीविहरुलाई अह्वान गरिएको शाहीले जानकारी दिए । जिल्लाका ७ वटै स्थानीय तहले नेपाल भ्रमण वर्ष २०२० लाई फरक—फरक शैलीमा मनाई रहदा भागेश्वर गाउँपालिकाले यो क्षेत्रका पुरात्वत्तिक सम्पदा, एतिहासिक धरोहर,धार्मिक पर्यटकीय क्षेत्रहरुका बारेमा अन्र्तक्रिया गरिने बताए ।

वास्तविक प्रचार प्रसारमा ल्याउनु पर्ने क्षेत्रहरु को हुन् ?, कसरी प्रचार—प्रसारमा ल्याउने लगायतका पक्षहरु पहिचान गरी भ्रमण वर्षलाई सफल पारिने बताइएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई गाउँपालिकामा रहेका सायलझरना, भागेश्वर, महादेब मन्दीरगर्गक्षेत्र, बुडाकोट, शाहीकोट, बजगरकोट ताल, टपुवालेक, राडिल सेरा, लगायतका अधिकाशं क्षेत्रमा अवलोकन गराउने मुख्य लक्ष्य रहेको वडा अध्यक्ष शाहीको भनाई छ । गाउँपालिका अध्यक्ष भट्टले यो अभियानमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार