न्यूयोर्कमा यहुदीमाथि गरियो छुरा प्रहार, कयौ घाइते

एजेन्सी ।

अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार गरिएको छ ।

निकै व्यक्ति घाइते भएको आशंका गरिए पनि पाँच जना घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । घाइते हुने सबै यहुदी रहेको जनाइएको छ । उनीहरु खानुखा भनिने यहुदीको एक पर्व मनाउन जुटेका थिए ।

उत्तरी न्यूयोर्कको मोन्सेमा अवस्थित उक्त घर यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ । प्रहरीले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको जनाएको छ ।

आक्रमण किन गरिएको भन्ने केही खुलेको छैन । न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाइने प्रष्ट गरेकी छिन् ।

एक घाइतेलाई त कम्तीमा छ पटक छुरा हानिएको जनाइएको छ । सन् २०१९ अमेरिकी इतिहासमै सबैभन्दा बढी नरसंहार भएको तथ्य आइरहेका बेला यस्ता घटना भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार