सामाजिक सञ्जालमा जिस्क्याए १५ लाख जरिमाना, पाँच वर्ष जेल

काठमाडौं :

सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमा यस्तो विषय समेटेर पारित गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले विरधे गरे पनि समितिले बहु्मतसहित आइतबार विधेयक पारित छ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउन र हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँँच वर्ष जेल वा १५ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार