हुम्ला ।
गाउँ गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ ।
पछिल्लो तीन सातामा चंखेली सर्केगाड र खर्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।
चंखेली गाउँपालिका ६ मासिधारामा ४५ वर्षीय मदन शाही, ६५ वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरु सबैको २६ पुस यता ज्यान गएको हो ।
त्यस्तै सर्केगाड ३ उनापानीमा ५५ वर्षीय रगंमल फडेरा र खार्पुनाथ ३ रायमा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लुु भनेका छन् ।
तर, स्थानीय स्वास्थ्य संस्थामा दक्ष कर्मचारी नहुँदा सिजनल फ्लु नियन्त्रणमा आउन समस्या देखिएको छ ।