दुखाईको हिसाब


भिम जोशी /लेकुडा , डडेल्धुरा

म कती दुखेको थिए
त्यसको हिसाब तिमी चितामा जल्दै
गरेको दिन गर्ने छु ।
माफी चाहान्छु म तिमीसँग
तिमीले सोच्दैछौ होला कि
जिबित छँदै किन हिसाब नगरेको ?

तिम्रो नाजायज चेतनाले
जायज सोचिरहेको छौ
र पो
आज म लायक छु
मसँग हिम्मत पनि छ
तर
तिमी नलायक छौ र
नामर्द पनि
त्यसैले
म तिम्रो चिता भित्रको
आर्तनादसँग
आफ्नो ईमानको
घनत्व र गुरुत्व खोजिरहेको छु ।

प्रकृतिले आफ्नो कर्मको जादुले
तिमीलाई मोहनी लगाउने छ
यति मोहनी कि तिमीलाई
सदाको लागी
आफुमै समाहित गर्ने छ
तिम्रो नाम ,निसान अनि बजुद
सबै – सबै राख हुने छन ।

म जहाँ-जहाँ दुखेको थिए
मल्हम आफै लाग्नेछ
मेरो हरेक दुखाईको
एक- एक हिसाब
पुर्ण न्याय सँगत तवरले हुनेछ ।

म आशा गर्नसक्छु
तिम्रो र मेरो हिसाबको
केवल प्रकृतीसँग
किनकी
प्रकृती निस्वार्थ छ
निश्चल छ
अनि
निस्फिक्री पनि छ
प्रकृती आफैमा पुर्ण छ

निर्बाध छ
तिमी त भ्रममा छौ प्रिय पागल ।

जाग
चेतनाको आँखा उघारी हेर
चितामा कसैले तिम्रो स्वरुपको प्रतिक्ष्या
गरिरहेको छ
चिता नपुग्दै आफ्ना कारणले
दुखेका मनहरुसँग हिसाब गर
अदालत त्यहि शमशान घाट हो
चेतनाबाहकका लागि
जाउ हराउ एक साँझ
मन दुखाई खरानी भएकाहरुको
लस्कर कति लामो छ
पर्खिरहेको छ कोहि तिमी जस्तै
न्यायका लागि
भारी मन लिएर ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार