राकेश यादव, वीरगञ्ज।
नेपाल लकडाउनमा एक व्यक्ति काठमाडौंबाट पैदल हिँडेरै वीरगञ्ज आइपुगेका छन्।
सरकारले गरेको लकडाउनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि वीरगञ्ज महानगरपालिका २ छपकैया टोलका प्रमोद सराफ पैदल यात्रा गरी आफ्नो घर फर्किएका हुन्।
काठमाडौंमा गमला बिक्री गरेर बस्दै आएका उनले लकडाउन लम्बिदै जाँदा हातमुख जोर्नै गाह्रो हुन थालेपछि पैदल यात्रा गरी घर फर्केकाे बताएका छन्।
आइतबार बिहान ५ बजे बल्खुबाट हिँडेका उनी बिहीबार बिहान ८ बजे वीरगञ्ज घण्टाघर आइपुगेका छन्। उनी बल्खुबाट दक्षिणकाली हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका हुन्।
प्रमोदले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छेसँग काम नभएपछि समस्या हुने देख्यौं, डेरामा भएको चिउरा र दालमोठ बोकेर निस्कियौं।’