कञ्चनपुरको शुक्लाफाँटामा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

कञ्चनपुर। पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

( फाईल फोटो )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार