कुहिँएको केरा खाँदै : भोकै मर्नु भन्दा यही खानु ठिक । हाम्रो न गाँसको ठेगान छ, न वासको ( भिडियो )

काठमाडौँ।

बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाईगोरुका लागि राखिएको केरा छानेर खाईरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा तितरवितर भयो ।

कुहिएको केरा छानेर खाईरहेका थिए दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु । अहिले यि मजदुरहरुको अवस्था यस्तै छ ।

काँधमा झोला बोक्यो हिड्यो । दैनिक न्यूरोड, बागबजार लगायतका क्षेत्रमा काम गर्ने मजदुरहरुले कोठाको भाडा तिर्न सक्ने अवस्था नभएपछि कोठा छोडेर सडकको भित्री गल्लीमा राती सुत्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार