शक्तिशाली मुलुकलाई समेत कोरोनाले थिलेथिलो बनाइरहेको बेला हाम्रो जस्तो अल्पविकसित मुलुको अवस्था झन् के हुन्छ ? यदी कोरोना संक्रमीत दिन प्रतिदिन बढ्दै गएमा ? नेपालमा लक डाउन समयावधी बढ्दै गइरहेको छ । जसले गर्दा गरिव तथा विपन्न वर्गले रोग, भोग र अभावसँग समेत लडीरहेका छन् । कोरोनाले गर्दा मानवता हराईरहेको छ ।
मरेको लाश उठाउन सोत डराईरहेको बेला सहयोगी हातहरु भेटिनु भनेको चानचुने कुरा होइन । अझै गरिव तथा विपन्नको घर दैलोमा गएर राहत दिने मान्छे कमै भेटिन्छन् । नेपालमा सरकारले राहतका प्याकेजहरु घोषणा गरेपनि गरिव तथा विपन्नले सायदै राहत पाएका छन्होला ।
रिता लिम्बु कोरोनाको कहरका बिचमा पनि सरकारको पहुँचबाट टाढा रहेको गरिव तथा विपन्न परिवारको घर दैलेमा पुग्ने फरक महिला हुन् । रिता लिम्बु पेशाले रेडियोकर्मी हुन् । जादुमय स्वरकी धनी रिताको स्वरलाई नचिन्ने श्रोता कमै होलान् । रिताले आफ्नो कामको साथसाथै यो समयमा सेवाभावलाई पनि निरन्तता दिएकी छिन् ।
रिताले लक डाउनमा रोग,भोग र अभावसँग जुधीरहेका व्यक्तीहरुलाई सहयोग गर्न आमाबाटै शुरु गरिन् । विस्तारै उनको यो प्रयासलाई सहयोग गर्नेहरुको संख्या बढ्न थाल्यो । आमाबाट मागेर शाकाहारी समूहसँग मिलेर विभिन्न स्थानमा खाना खुवाउन थालिन् । सडकमा रहेका कुकुरहरुलाई पनि खाना खुवान थाले । अहिले आएर रिताको यो सेवा देखेर धेरैले स्वइच्छाले सहयोग गर्न थाले । रिता अहिले आफु पनि बच्ने र अरुलाई पनि बचाउने अभियानमा लागेकी छिन् ।
बाँकी भिडियोमा …