ट्याक्सी र बस ठोक्किदा पैदल यात्रुको मृत्यु

काठमाडौँ: वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ। बा३ख ९६९० नं को यात्रुबाहक बस र बा१ज ३८०८ नं को ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो।

बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको थियो। महोत्तरीका उद्धव पौडेल र अर्को नाम नखुलेका व्यक्ति घाइते भएका छन्।

घाइतेको ग्रिन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार