विपन्नलाई सडकमै खाना

– चन्द्रबहादुर आले ।

लामो लकडाउनका हिजोआज विपन्न, मजदुर र विद्यार्थीलाई छाक टार्नै मुश्किल भइरहेको छ ।

सरकारले स्थानीय तहले राहत वितरण गर्ने भने पनि शहरी क्षेत्रमा समस्यामा परेका विपन्न र मजदुरसम्म राहतको पहुँच पुग्न सकेको छैन ।

तर काठमाडौंको पुरानो वानेश्वरमा एक समूहले भने समस्यामा परेकाहरुलाई खाना खुवाउने गरेको छ । पशुपति मृगस्थलीमा रहेको गोरखनाथ मन्दिरको टोलीले पुरानो वानेश्वर क्षेत्रमा खाना खुवाइरहेको छ ।

काठमाडौं महानगरपालिको बागबजारमा रहेको ‘क्लब–२८’ ले पनि यसरी नै खाना खुवाउने गरेको छ । राहत वितरण गर्दा वास्तविक पीडितले नपाउने र पीडितले राहत पाए पनि पकाएर खान नसक्ने अवस्था भएका कारण खाना नै खुवाएको ती संस्थाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार