– दुर्गा ढकाल पौडेल।
कोरोना तिमी आयौ,आएरै छाड्यौ है,
पल्लो घर,तल्लो घर,अनि माथिल्लो घर
जताततै छाएरै छाड्यौ है,
कोरोना तिमी आएरै छाड्यौ है ।
दिन रात व्यस्त हुने यो मानिसको जिन्दगीमा ,
एकान्तवासमा बस्ने बनाएरै छाड्यौ है,
कोरोना तिमी आएरै छाड्यौ है ।
कति निर्दयी रहेछौं तिमि ,
रात दिन बिरामीको सेवामा रहने
ती डाक्टर अनि नर्सलाई पनि छोडेनौ,
लडाएरै छाड्यौ ,लगेरै छोडयौ ,
कोरोना तिमि आएरै छाडयौ है ।
परिवार बा,आमा छाेडेर जिन्दगीको
सुख खाेज्न हिडेकाहरुलाइ पनि,
घर फर्किने बनाएरै छाड्यौ है,
कोरोना तिमि आएरै छाड्यौ है।
काम नगरि हात मुख जाेर्न नसक्ने
ती मजदुरहरुलाई ,
गन्तब्य सम्म पुग्न हिडेरै बाटो तताउन बाध्य,
बनायरै छाडयौ है,
कोरोना तिमि आएरै छाड्यौ है।
कति निर्दयी रहेछौं हगि तिमि ,
सृष्टिको नयाँ संसार हेर्न नपाउदै,
आमाको दूध चुस्न नपाउदै ,
ती आमालाइ समेत छाडेनौ,
लडाएरै छाड्यौ ,लगेरै छोडयौ ,
कोरोना तिमि आएरै छाडेयौ है।
कसैले तिमीलाई निम्तो दिएन,
कसैले तिमीलाई बोलाएन
र पनि तिमी आयौ र खायौ,
खान सम्म खायौ ढाडिने गरि
अगाएर पनि जाँदै जादैनौ है ,
भनन तिमी, अब त अति भो कहिले जान्छौ,
कोरोना तिमि अब कहिले जान्छौ।
कोरोना तिमि आएरै छाड्यौ है।
पृथ्वीमा डेरा जमाएरै छाड्यौ है।