. सुरज पौडेल
तिमी कसैलाई आफ्नो आँखामा नबसाउनु
यो त बद्लिदो शहर हो
आँखामा रहनेहरू टाउकामा पुग्दा रहेछन् !
तिमी कसैलाई भर गरी आफ्नो कमजोरीहरू नचुहाउनु
यो त रङ्गिन शहर हो
यहाँ शहर सँगसँगै मानिसले पनि आफ्ना रङ् रूप फेर्दा रहेछन् !
तिमी आफ्नो सपनालाई आफैँ सम्हाल्नु
यो त बिसालु शहर हो
यहाँ तिम्रा सपनाहरू दिनानूदिन मर्दा रहेछन् !
तिमी सबैबाट आफ्नो सुन्दरतालाई लुकाएर राख्नु
यो त इर्षालु शहर हो,
यहाँ तिम्रा रसहरू निचोडी निचोडी निकालिदा रहेछन् !
तिमी कसैको भलो नचिताउनु
यो त भुलक्कड शहर हो,
यहाँ तिम्रा गूनहरू छिटै भूलिदा रहेछन् !
तिमी जून हेर्ने आशामा छतमा पनि नचड्नु ,
यो शहरमा पूर्णिमाकै तारिख बद्लिदो रहेछ !
तेसैले तिमी यस शहरकै भर कहिले नपर्नु
सायद थोरै दिएर गएतापनि
यो शहरले तिमीबाट धेरै कुरा लिएर जादो रहेछ !