प्रेस स्वतन्त्रता दिवसको नाउँमा बिरालो बाँध्ने चलनको अन्त्य गरुन् !

. भानुभक्त आचार्य

जसले
संविधानमा
‘प्रेस स्वतन्त्रता’को
सट्टामा ‘सञ्चारको अधिकार’
लेख्दा पनि भइहाल्छ भन्ठाने,

जसले
राजनीतिक
भ्रातृ संगठनहरुको
डन्डा–झन्डा समाएरै
प्रेस स्वतन्त्राको बैतर्नी
सहजै तरिन्छ भन्ने सोचे,

जसले
पत्रकारितालाई
व्यापार, राजनीति
वा भू–माफियाको स्वार्थ
परिपूर्ति गर्ने भर्याङ बनाए,

ती सबैले शीघ्र
प्रेस शब्दको मर्म र
स्वतन्त्रताको दायरा बुझुन्,
प्रेस स्वतन्त्रता दिवसको नाउँमा
बिरालो बाँध्ने चलनको अन्त्य गरुन् ।

प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना, May 3

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार