लगेर जाउ

भिम जोशी , लेकुडा , डडेल्धुरा

यो लाचार शासकी सैय्याको सिरानी लगेर जाउ
श्रीपेचको हत्या पछी बचेको परानी लगेर जाउ । ।१ । ।

किन छेऊछाउ मात्रै आफ्नो फालिले काड्छौ बेकार्
बाँकी के नै छ र अब आउ राजधानी लगेर जाउ । ।२ । ।

लाश बोक्न सक्दिनअब म सरकार काध बुढो भो
दैनिक जवान जलेका घाट्को खरानी लगेर जाउ । ।३ । ।

नछोड कुनै भुक्तानी आशुको,बजारमा मोल छ यिनैको
घुम्टोमा लीलाम गरिएको सिताको जवानी लगेर जाउ । ।४ । ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार