महाकालीमा गुम्सीएका पिडा ( भिडियो )

विस २०५० साल जेठ ३ गते आजकै दिन दासढुङ्गामा मदन भण्डारीको रहस्यमय जीप दुर्घटना भएको थियो । भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिदै आएको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज शनिबार विविध कार्यक्रम गरेर मनाइने भएको छ । यद्यपी नेपालमा पनि कोरोना महामारीको अवस्थामा लक डाउन छ ।

मदन भण्डारीलाई महाकाली सन्धिमा नेपाल सिमाना मिचिदाँ हकहित हरण भएको बेला स्थलगत अध्ययन गर्न सुदूरपश्चिम र भारतीय कम्यूनिष्ट नेताहरुलाई खबरदार भन्न दिल्ली पुगेको सन्दर्भलाई प्रेस युनियनका किशोर श्रेष्ठले आफ्नो फेसबुक मार्फत सम्झदै उल्लेख गर्नुभएको छ ।

जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन। भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।दुर्घटनाका साक्षी रहेका जीप चालक अमर लामाको २०६० सालमा माओवादीले गोली हानी कीर्तिपुरमा हत्या गरेपछि यो घटना थप रहस्यमय भएको छ ।

कांग्रेस सभापतिसमेत रहेका शन्तनेता कृष्णप्रसाद भट्टराईलाई ०४८ सालको चुनावमा काठमाडौंबाट हराएर भण्डारी विजयी भएपछि ’टाइम’ म्यागेजिनले कार्ल मार्क्स नेपालमा अझै जीवित छन् भनेर लेखेको थियो। भण्डारीको चर्चा संसारभरि भएको थियो ।

मदन भण्डारीलाई जन नेता भनेर चिनिन्छ । जननेता मदन भण्डारीले त्यसबेला संसारभरि डुब्न लागेको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लागेर बचाउन सफल भएका थिए ।

महाकाली नदी सेरोफेरोमा रहेर १५ वर्ष अघी विभिन्न कंचनपुर जिल्लामा सम्मेलन भएको थियो । जहाँ विभिन्न सरोकारवालहरुको भेला भएको थियो । स्थानिय विकास मंच (फोल्ड) मा ऋर्षीराज लुम्सालीको संयोजकत्वमा तयार पारिएको महाकाली नदी सम्बन्धी वृत्तचित्र तयार पारिएको थियो । जसमा बलबहादुर डगौरा, ऋर्षीराज लुम्साली, देबकी बिष्ट, गम्भीरलाल उराँव र विष्णु अवस्थी थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार