अलपत्र मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैनः गगन थापा ( भिडियो )

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि पनि जोाउन नसक्ने दाबी गरे ।

‘जसले सीमानामा अलपत्र परेको मेरो नागरिक, साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ । कहिले कहाँ यो संसदमा बहस हुन्छ । राष्ट्रियता भनेको बाटो हो कि मान्छे हो ? दुई वटै हो सभामुख महोदय । जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले बाटो जोगाउन पनि सक्दैन ।’

उनले राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको बताए। ‘राष्ट्रियता भनेको मान्छे पनि हो माटो पनि हो,’ उनले भने, ‘जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन। त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले भूमि जोगाइ दिन्छ भन्ने रत्तिभर विश्वास छैन ।’

कोरोना महामारीले विश्वकै अवस्थामा खलबल पुर्यााएको र नेपाल पनि अछुतो नरहेको उनले बताए।सरकारले ल्याएको नीति तथा कार्यक्रममा बारीदेखि भकारीमा परेको प्रभावबारे आँकलन गर्ने नसकेको थापाको भनाइ छ।

‘सरकारको अभूतपूर्व कामले संक्रमण कम भयो भनिरहँदा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भनेर कसैले भनेन,’ थापाले भने। कोरोना नियन्त्रणमा सरकारको यस्तै प्रवृत्ति र यस्तै काम गर्ने तवर तयारीले अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न नभ्याइँने थापाले बताए ।

‘कोरोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन,’ थापाले भने।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार