गजल

ललित जोशी /लेकुडा , डडेल्धुरा

बाध्यता अनि स्वार्थले वर्षौंको अडान उडाउँछ
केही गर्न सकिन्न आँखै  सामु सम्मान उडाउँछ।

म बुझ्छु दुःख कत्ति मान्दिन अनपढ भन्दा
गरिबीमा पेट भर्दा , दिमाग भर्ने ध्यान उडाउँछ ।

मेरो सामु प्यारको मीठा- मीठा बात नगरिदेऊ
प्रिय, यसले अनुहारको हरेक मुस्कान उडाउँछ।

यहाँ हर कोहिको आफ्नै दुश्मन छन्,नियाल्नुस् त
नपत्याए हेर्नु , चिसो हावालाई तुफानले उडाउँछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार