भिम जोशी /लेकुडा, डडेल्धुरा
म सास समातेर
नित्यार्धना (नित्य आराधाना ) गरीरहेको छु
श्रद्धापुर्ण शिर निहुराएर ।
केही थान सेता तुल छन
केहि थान पहेंला बस्त्र छन ।
नगन्य निलरङगी धर्साहरु
फर्फराइ रहेकाछन ।
हतार छ
कोही कसैको मतलब
नराखी दौडी रहेकाछन ।
आफ्नाको हकदाबी
चलीरहेको छ ।
शिर देखी पाउसम्म
निहुरिएको लाचारिता
रातो अबिरले सपनामा
रङ भरिरहेको छ ।
अपमानित आश्रय मिठो
हासोले खिल्ली उडाउदै
प्रसंशा गरीरहेको छ
मेरो हिम्मत हो
जो म अँझ जिउदो छु ।
वा भागवान , तिम्रो बिभाजनको
सिमा निर्धारण गर्ने
महामानवलाई के भनु ?
र तिमीलाई के भनु ?
एक युगको अन्त्य सँगै
एक युगको सुरुवात, खै ??
कुन नामले गर्नु हो तिम्रो पुकार ।
तिम्रो र तिम्राको उल्झनले
उत्पन्न जो यो
प्राण सङ्घारक
बिनासकारी
बखत अन्त्यको आस गरीरहेको छु ।