धादिंगकि२६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु


काठमाडौं – धादिङकी एक महिलाले एकैपटक तीन शिशु जन्माएकी छिन् । धादिङकी २६ वर्षीया सविता तामाङले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा तीन शिशुलाई जन्म दिएकी हुन् ।

उनले वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो १००० ग्राम, १०:५५ मा दोस्रो १२५० ग्राम र १०:५६ मा तेस्रो १७०० ग्रामको शिशु जन्माएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अहिले तीनै शिशु स्वस्थ रहेको र उनी अस्पतालबाट सोमबार डिस्चार्ज भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार