राष्ट्रघातीहरुलाई भोट नदिन आग्रह गर्दै देश बचाउने जिम्मा मतदाताहरुलाई दिए रबि लामिछानेले – सिधाकुरा जनतासंग
सिधाकुरा जनतासंगको १३८ औ भाग बिशेष भाग
अहिले सबैको मुखमा एउटै कुरा झुन्डिएको छ कसलाई भोट दिने भनेर किनकी यहाँ आफै निर्णय गर्न नसकने केहि कठपुतली मतदाताहरु पनि छन् अनि कुनै एक जना बिचौलिया लोकल नेताले त्यो भोटलाई आफ्नु पकेटको भोट भन्दै दल र नेताहरुसंग पैसाको सौदाबाजी गर्छ , त्यस्ता बिचौलियाहरुलाई लोप्पा खवाई दिए हुन्छ ।
राष्ट्रिय टिभी च्यानलहरुले यसलाई भोट दिनुस भनेर भनु मिल्दैन तर कसलाई भोट नदिनुस् भनेर मजाले तोकेर भन्नु मिल्छ भन्दै रबिले हरेक नेपाली जनताको आवाजलाई यसरी राखेका छन् आजको भागमा , यो भागमा रविले भनेको कुरालाई हरेक नेपालीले अन्तरात्माबाटै मनन गर्नु जरुरि छ ।
जसको कारण तपाइको छोराछोरी मरुभूमिमा पसिना बगाउन बाध्य छन् तिनलाई चिनु होस् तिनीहरुलाई भोट दिनु अघि मरुभूमिमा पसिनाले कपडा भिजेको छोरो र यातना सहेर अर्काकी घरमा काम गरिरहेकी छोरीलाई सम्झनुस , यस्तो अवस्थामा पुराउनेहरुलाई भोट कदापी नदिनुस् ।
केहि बर्ष अघि चिया पिउने पैसा नहुने मानिस आज बिल्डिङ ठराएर महँगा महँगा गाडी चढिरहेको छ तर राजनीति बाहेक उसको अन्य पेशा केहि छैन भन्ने त्यसलाई भोट ज्यान गए पनि नदिने ।
जीवन भर गोडामा चपल लगाउने हैसियत पनि नबनाउन नसकेका बाआमाको ८० ठाउमा मुजा परेको अनुहार हेर्नुहोस , सिटामोल समेत नपाएर छट्पटाएका बालबालिकालाई हेर्नुहोस् , दुई छाक खान र एक सरो लुगा लगाउन घर खेत बन्दकी राखेर ठगिदा ठगिदा मरुभूमि पुगेर उट चराईरहेको अनुहार हेर्नुस । हाम्रो यस्तो हालत कसले बनायो चिन्नुहुन्छ नि ? तिनीहरुलाई भोट नहाल्ने ।
सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।
यसरी न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आजसम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।
हेर्नुस आजको बेजोड भाग
झापा गोली काण्डवारे सिडिओ लाईभ । सशस्त्रका डीएसपी र हवल्दार तानिए । विद्युत विलमा सेवा शुल्क किन ?