महको सेवनले च्वाट्टै पार्छ यी रोगहरु

काठमाडौं |

मह धेरैलाई मन पर्ने चीज हो । मह भन्ने बित्तिकै धेरैको मुखमा पानी पनि आउँछ । मह खाँदा मिठो हुने मात्र होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ । यसमा प्रशस्त कार्बोहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम लगायतका तत्वहरु पाइन्छ ।

स्वास्थ्यका लागि फाइदाजनक मानिने महले हाम्रो शरिरमा उत्पन्न हुने बिभिन्न रोगबाट पनि बचाउछ । यसको नियमित सेवन गरेमा ज्वरो, क्यान्सर, मुटु रोग र अल्सर लगायतबाट बचाउँछ । यसको सेवनले खोकी पनि ठिक गर्छ ।

शरिरलाई फिट राखिराख्न चाहानुहुन्छ भने पनि महको नियमित सेवन गर्नु राम्रो हुन्छ । यसको सेवनले पाचन प्रक्रियालाई सजिलो बनाउछ । छालामा कुनै किसिमको दाग छ भने नियमित रूपमा कागती र मह मिसाएर लगाउने छालाको दाग हराउछ ।

यदि पोलेको वा कुनै घाउ छ भने महको सेवनल घाउ सन्चो हुन्छ । यसको सेवनले तौल पनि नियन्त्रण हुन्छ । रुघाखोकीको समस्या छ भने कागतीको रसमा मह मिसाएर खाएमा रुघा च्वाट्टै हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार