कैलालीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

कैलाली । जिल्लाको लम्की चुहा नगरपालिका-३ धोविनी खोलामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।

नम्बर नखुलेको स्कुटर पूर्व पश्चिम राजमार्गको धोविनी खोलामा अनियन्त्रित भई पल्टिदा लम्कीचुहा नगरापलिका-५ बस्ने २५ वर्षीय नबल बुढाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कुटरमा सवार अर्का चक्र बुढा घाइते भएका छन् । टाउको र हातखट्टामा गम्भीर चोट लागेका बुढाको लालरत्न मेडिकल लम्कीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार