निर्वाचन नजिकिँदै गर्दा साना-ठूला पार्टीहरू वाम तथा लोकतान्त्रिक ध्रुवीकरणमा कस्सिएका छन् । यसले निर्वाचनमा के प्रभाव पार्ला ? अनि यसले संविधान कार्यान्वयन तथा संघियताको बाटोमा बाधा पुर्याउला कि मद्दत गर्ला ?
नेपाली कांग्रेस नेता गगन थापा, नेकपा एमाले नेता विन्दा पाण्डे र राष्ट्रिय जनता पार्टी नेता मनिष सुमनसँग काठमाडौमा गरिएको बहस हेर्नुहोस्:
गगन थापाको विचार
हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डा सारेर कसैले भोट माग्छ भन्ने त्यो दललाई कसैले पनि भोट नदिनुस , राप्रपासंगको एकता गर्दा कांग्रेसले हिन्दु राष्ट्र र राजतन्त्रको लागि एकता गर्दैन किनकी कांग्रेस आफ्नु नीति सिद्धान्त भन्दा बाहिर जादैन। यो वाम एकता होइन, कम्युनिष्ट अधिनायकबादी गठबन्धन हो , नेपाली कांग्रेस आफै वामपन्थी हो । कांग्रेस बामपन्थी एकतासंग डराएको छैन तर कतै कम्युनिष्ट अधिनायकबाद आउने हो कि भने चिन्ता मात्रै हो ।
पहिलेको भन्दा अहिलेको संघीय ब्यबस्थाले देशको बिकाश छिटो हुन्छ । पुरुषहरुले महिलाहरुलाई अविश्वास गरेको कारणले यो पल्ट पनि प्रदेश र संघीय संसदको उमेरद्वार हुन् पाएनन । मनिष सुमनलाई कुनै पनि एक पहाडे उमेरद्वारलाई जनकपुरबाट जिताएर देखाउन चुनौती । हामीले अपनाएको निर्वाचन प्रणाली मार्फत कुनै पनि एक दलले बहुमत ल्याउन सक्दैन त्यसकारण लोकतान्त्रिक गठबन्धन ।
विन्दा पाण्डेयको विचार
यो बाम गठबन्धन देशको बिकाश र स्थिरताको लागि हो किनकी नयाँ संबिधानमा भएको ब्यबस्था अनुसार कुनै एक दलले मात्रै बहुमत ल्याउन सक्दैन त्यसकारण माओबादी र एमाले बीच चुनाबी तालमेल देखि पार्टी एकता सम्म गर्नु जरुरि छ ।
माओबादीले अतितिमा गरेको सबै घटनालाई पिडितहरुले सधै सम्झेर हुदैन , ति घटनाहरु नहुनु थियो तर घट्यो अब तेसैमा रुमलिएर हुदैन देशलाई निकाश दिन पनि बाम एकता आजको खाँचो हो । नेपालको स्वाभिमान बचाउन बामएकता ।
मनिष सुमनको बिचार
मधेश आन्दोलनले मधेशीहरुको आत्मा सम्मान उच्च बनाएको छ । हिजोको सबैले हेपेर मधेशी , मर्श्या भनेहरुले अहिले मधेशी भन्दै सम्मान गरेको छ त्यो पनि ठुलो उपलब्धि हो । अझै संबिधान संसोधन गर्दै थप अधिकारको लागि सदैब राजपा लागिरहेने छ । भगवानले नेपाली जनतालाई राजपालाई सबै भोट दिन आदेश दिए पनि एकल सरकार बनाउन सक्दैन किनकी संबिधानमै त्यही ब्यबस्था छ । कांग्रेसका गगन थापालाई पहाडी क्षेत्रबाट विमलेन्द्र निधिलाई जिताएर देखाउन चुनौती दिएका छन ।