भुईमान्छेको बाटो

नमस्कार ! म भुईमान्छे ।
मेरो यो भन्दा ठुलो परिचय नबनोस । आज आलोचना र सत्कर्मका सम्बन्धमा कुरा गर्दैछु । म जन्मेको आकाश मुनिको धरातलीय चेतनामा आलोचना गरिनु भनेको राम्रो मानिदैन थियो , मानिदैन । मैले आफैलाई आफैसंग कयौंन पटक प्रश्न सोध्ने दुस्साहस गरेको छु कि आलोचनाको जड हो के र ओखती हो के भनेर ?
माध्यमिक तहको स्कुले जीवन , परिवेश र मानसिकताले आलोचनालाई आत्मसाथ गर्न सुझाउन सकेन।
जब उच्च शिक्षाका लागि आफु जन्मेको आकाश मुनीबाट १ हजार किलोमिटर परको राजधानी काठमान्डूको आकाश मुनि पुगे त्यतिबेला कथामाण्डु जस्तै लाग्यो काठमान्डू । र जिन्दगी भोग्दै जाँदा निष्कर्षमा पुगे कि आलोचना आफुलाई पचेन भने सम्झिनुस आफुले बोकेको जीवनको बिश्वाश , आफुले गरिरहेको कर्म र आफुले बोकेको चेतनामा कहीं न कहीं थोर बहुत कमि कमजोरी पक्कै छ । जिन्दगी भोग्दै जाँदा बिक्रम सम्बत २०६० देखि २०६७ सम्म अनगिन्ती आलोचना गरिए म जन्मेको आकाश मुनि र मैले टेकिरहेको आकाश मुनि पनि । आलोचनालाई सत्कर्म र सत्मार्गले जवाफ दिन जाने वा जानेन यो मेरो आजको चेतनाले भनोस वा मैले नमरुञ्जेल बोक्न सक्ने चेतनाले भनोस भन्ने चाहना राख्दै कर्मशील हुन् अभिप्रेरित गरिरह्यो भुईमान्छेको जीवनको बाटोले ।

आजकाल मैले बहुत प्रेम गर्ने २ शब्द हुन् जो मैले ब्यबहारीक जिन्दगीमा दशक परिक्षण गरेर आर्जन गरेका हुन । ती शब्द हुन्-
१. ईमानको जिन्दगी
२. भुईमान्छेको बाटो

ईमानको जिन्दगी यस कारणले प्रिय छ बि स .२०६० पछिका बर्षहरु जो अनुभूत गरे , यी बर्षहरुलाई अनुभुतीको सागरमा चेतनाले मन्थन गर्ने हो भने समग्र कालखण्ड आफैसंग बेईमानी नगरी , आफ्ना पुर्खाका जरा र पैतालाका डोबहरु साक्षी राखी कर्मशील हुँदै आजाद तरिकाले आफैसंग ईमान्दार हुन् सकियो ।अरुले म सँग बेईमानी गरुन कसरी ? जब म आफैसँग ईमानको सम्बन्ध जोड्न सकिरहेको छु त् , जब म आफै ईमानको खोटो सिक्को पसिनाको थोपो चुहाएर किनेको भोटो लाएर जीवनका साढे ३ दशक बिताउन सफल भैसके अब के बेईमानीहरुको कित्तामा आफ्नो ज्युन बाँकी जिन्दगीको घडेरी खनुम ? खनुम कसोरी ?आत्माले स्वीकार गर्ला ?

मलाई घरदेशमा र परको देशमा बेईमानहरु लाग्छन ती जसले ईमानको खोटो सिक्को कमाउन पसिनाको थोपो हैन मान्छेका सपनाको खरानीको राप र आशुको श्रापको सहायता लिन्छन ।भुईमान्छे हु दावी हैन हकिकत हो आफ्नै जिन्दगीको त्यहि भएर त् साथी सर्कल निकै साँघुरो छ ।घरदेशको अनि परको देशको पनि किनकी बेईमानीलाई म साथी नमान्ने ईमानी निकै ज्यादै कम ।जुन दिन आलोचना त् बेईमानी जिन्दगी बाचेका स्वघोषित ईमानीहरुका लागि प्रगतीको पाईला हुन् जो सित्तैमा पाइन्छ ईमानिहरुबाट त्यो दिन कुनै ईमानी भेटिएछ भने मेरो साथी सर्कल पनि बहुत ज्यादै होला हैन भने बथानमा बेईमानीहरु बस्दछ्न भन्ने मान्यता बोकेको भुईमान्छेको दुनिया थोरै ईमानी कर्मशील भुईमान्छेमा देखिरहने छ ।

अब कुरा गरौ भुईमान्छेको बाटो
आलोचना गुलाब हो बस काँडा त् आलोचनालाई दिने मुखे अर्थात ओठे जवाफ पो रहेछ । कसैले गुलाब दिए गुलाबै फिर्ता गर्ने वा नगर्ने चेतनामा बहश गर्नु । गुलाब दिन लायक अर्थात आलोचना गर्न लायक त्यहि हो जो प्रिय हुन्छ , छ , थियो तर कतिपय आलोचना गर्ने कसको भन्ने नै नजानेर आलोचनात्मक चेत भएको बौद्दिक हुँ भन्ने ठोकुवा गरिदिन्छन र पो मुस्कुराउछ भुईमान्छे । आलोचना गर्न प्रेम चाहिन्छ ,आशा चाहिन्छ ,सपना चाहिन्छ आलोचित हुने पात्र चरित्रसँग ।

भुईमान्छेसँग अथाह प्रेम जसको छ उनीहरुलाई आलोचना मात्रै हैन पुत्लै दहन गर्न छुट छ किनकि उनीहरु मेरा असली प्रेमिकाहरु हुन , उनीहरु म सँग आ-आफ्ना सपनाका ईन्द्रेणीहरु झुल्काउन चाहन्थे चाहन्छन , चाहिरहेका छन आ-आफ्ना आशाका ज्योतिहरू खुलाउन चाहन्छन ।मलाई आलोचना र समालोचनाले अब छुन छोडिसक्यो । म यहि दुनियामा छु फरक बाटोमा किनकी म ईमानी कर्मशील भुईमान्छे हुँ , मैले यसो भनिरहदा मलाई अभिमानी भन्न पनि सबैलाई छुट छ ।अज्ञानी , अल्पज्ञानी त् तपाई ठोकुवा गरेरै भनिदिनु फरक पर्दैन ।मलाई त् फरक पर्छ मैले आफैले आफ्नो आलोचना गर्न लायक हुन सकिएन भने ।किनकी म आफैलाई औधी प्रेम गर्दछु ।मेरा सपनाका ईन्द्रेनीहरु, मेरा आशाका ज्योतीहरुसँग ईमान्दार छु आफैले आफैसंग जति ईमान्दार त्यो भन्दा हजारौं गुणा ।

भुईमान्छे त्यो हो जो आलोचनाको सेरोफेरोमै फुलेको र खुलेको ईमानको जिन्दगी बोकेर आफुलाई सही र अरुलाई गलत भनेर कहिल्यै दावी नगरेर कर्मशील भएकै कारण होला जिन्दगीको फरक -फरक चित्र र चरित्र निसंकोच निभाइरहेको हुन्छ ।आफु गलत भएको साबित गर्दा आफैलाई आफै देखेर हासो उठेन भने के अनुभुती छ जिन्दगीमा ? प्रश्न गरौँ आफैसँग ।जसले आफ्नो असली चित्र सचित्र कोरेका छन् उनीहरु अरुलाई गलत साबित गर्ने मात्रै हैन सहि हुन हौस्याउछन पनि ।आलोचनाको शक्ती सत्कर्मको जवाफसित तौलिन सक्ने चेतना भएकाहरु आलोचनात्मक चेतनाको बिरोधी हुन् सक्दैनन्।जो आलोचनालाई सत्कर्मको गुच्छा उपहार दिन सक्दैनन् उनीहरु आलोचनाका आवाज ओकल्ने चेतनशील लेखनीलाई बन्देज गर्न चाहन्छन, आवाज निमोठ्न चाहन्छन ।

भुईमान्छेको चेतना हुर्किने भनेकै सहि अर्थमा आफ्नै आलोचना गर्न सक्ने हिम्मत आएपछि मात्रै हो।जब आफ्नै आलोचना खुलेर गर्न सकिन्छ त् आफैले आफैलाई ईमान्दारीताका साथ् सत्कर्मको जवाफ दिन सकिन्छ। आलोचना बिश्वाश हो सत्कर्मको । जड हो सत्मार्गको। जिन्दगीको यहि बिश्वाश हो ।

आओ मेरा प्रिय मित्र ! महाप्रिय शत्रुहरु ! मेरो आलोचना गरेर मलाई सत्कर्म र सत्मार्गी बनाउन मद्दत गर्नुहोस।यत्ति भन्न सक्ने हिम्मत छ ?छैन भने सबका सब काला कर्म गरेर कालै कोट लाएर कालै मन बोकेर बस्नु , किनकि भुई मान्छेको बाटो तिमीहरुले टेकेको धर्तीमा अलिक फरक छ ।

 

 

भुईमान्छेको बाटो शृंखला -२

ईतिश्री ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार