अन्जिव खवास
कोईम्ब्रा / पोर्चुगल
सपनाको महादेशमा
बिपना खोज्दै जादा दुरिमा
चिरिएका छन् सारा माङ्गश शिराहरु ।।
देशलाई सजाउने
यि बिदेशी कोसेलि किन्दा पथमा
बैस् सकिएको थाहा नपाउने मस्तिष्कहरु
बैभवशालि सहरहरु बिच
तस्बिर खिचि रहदा
अझै सुर्के थैलि भरिएन भन्दै
घोत्लिरहेका छन ति हातहरु ।।
फगत् जिन्दगी बेचिदिए
तर कसैले किनेनन्
तैपनि हेरअझै सल्लाको फुलहरुको
सुगन्ध उस्तै छ
मलाई खाचो नै के ?
तिम्रो दयाको र मायाको
आफ्नै जवानी बेचीदिने कर्मशील मान्छे म ।।
दुख सुख जे गरु
ईमानी कर्मले बनाउ
सानै संसार भनि मरुभुमिमा मरिमेट्दा
बाटो भत्काउन तल्लीन छन् केहि
स्वाठ्हरु
बेनाम ज्यूँदा पुत्लाको साथ हरपल रमाउनेहरु
आत्मा जल्दा पानी समेत नपाउनेहरु
यो मुर्दाहरुको शहरमा ।।
आफ्नै बिरुद्ध प्र्योग हुने
असक्त मस्तिष्कको बुद्दिका अवशेषसगै
भद्रगोल दुनियामा एक्लो रम्ने ति अनाथ प्राणहरु ।।
मलाई खाचो नै के ?
तिम्रो दयाको र मायाको
म आफ्नै कलेजो बेची
आफ्नै कलेजोको रंग फेर्न
हिम्मत गर्ने कर्मशील मान्छे । ।
दुनियामा छ चाहि के साचो ?
भेटिन कोहि बुद्ध आजसम्म
बाटो र माटो बोकेर
म यतै बगिरहेको छु
निरन्तर कर्मशील भएर
किनकि
हेर त अँझैँ आन्ध्रको पानि नुनिलो छ ।।