एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव

लिस्बन।

( उपाध्यक्ष गुरुङमाथि हातपात गर्न खोज्दा प्रतिकारमा पुक्लुक्कै ढलेका महासचिव सुबेदी ) )

गैह्र आवासिय नेपाली संघ पोर्चुगलका महासचिवले एक उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिएका छन्।

संघको बैठकको बिषयलाई लिएर महासचिव हेमराज सुबेदीले उपाध्यक्ष अशोक गुरुङसंग लिस्बनको आरोइसस्थित एक पसलमा सोमबार साँझ बादबिबाद गरे। उपाध्यक्ष गुरुङले संघको बैठकको छलफलको बिषय बैठकमै गरौला भनेर सम्झाउदा आक्रोशमा आएका महासचिव सुबेदीले उपाध्यक्षमाथि जाइलाग्दा उल्टै कुटिएका छन्।

उपाध्यक्ष गुरुङले संघको बैठकमा अध्यक्ष र महासचिवले आफूखुशी संघ चलाएको आरोप लगाएका थिए। त्यही बिषयलाई लिएर उनीहरुबिच बादबिबाद भएको बुझिएको छ।

भोइस अफ नेपालले घटनाको बारेमा उपाध्यक्ष गुरुङसंग कुरा गर्दा महासचिवलाई आफुले सम्झाउदा झन् आफूमाथि जाइलागेपछि प्रतिकारमा धकेलेको बताएका छन् । उता महासचिव सुबेदीले भने उल्टै उपाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै संघसँग हारगुहार गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार