गणेश पाण्डेय , लिस्बन ।
पोर्चुगलको बेजा अस्पतालमा कार्यरत २३ जना स्वास्थकर्मीहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरु सबै अस्पतालको अप्रेशन कक्षमा कार्यरत स्वास्थकर्मी भएको अस्पताल श्रोतले जनाएको छ।
शुक्रवारसम्म बेजा अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या १६ थियो। शनिबार यो संख्या बढेर २३ पुगेको छ। शनिबार संक्रमित पूष्टि भएका ७ जना स्वास्थकर्मी अप्रेशन कक्षका डाक्टरहरु रहेको अलेन्तेजो स्थानीय स्वास्थ्य एकाईले जनाएको छ।
बेजा अस्पतालमा स्वास्थकर्मीमा कोरोनाक लक्षण देखापरेपछि १२० जना स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षण गरिएको थियो, जसमध्ये २३ जनामा कोरोना पुष्टी भएको हो।
संक्रमित भएका २३ जना स्वस्थ्यकर्मिहरुमा १० जना नर्सहरु, ४ जना अप्रेशन असिस्टेन्ट, एक जना टेक्निसियन र ८ जना डाक्टरहरु भएको स्वास्थ्य महानिर्देशानालयले जनाएको छ। संक्रमित सबै स्वास्थ्यकर्मीहरु अहिले घरमै आइसोलेशनमा बसेका छन।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुमा कोरोनाको संक्रमण रोक्न आइतवार र सोमबार थप ३०० जना स्वास्थकर्मीहरुको परिक्षण गरिने अस्पताल श्रोतले जानकारी दिएको छ।