एनआरएनए पोर्चुगललाई आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिदै भन्यो: “निर्णय सच्च्याउ वा जवाफदेही बन “

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गरेपछि महासंघले अल्टिमेटम दिएको हो।

घटनाका बारेमा संघका महासचिव सुबेदी र उपाध्यक्ष गुरुङले छानबिन गरिपाउ भनी दुबैले संघको नेतृत्वलाई लिखित निबेदन दिएका थिए। तर संघले महासचिव सुबेदीको बचाउ गर्दै घटनामा अर्का पात्र उपाध्यक्ष गुरुङलाई एकतर्फी निलम्बन गरिएको बिज्ञप्ति निकालेको थियो। अचम्मको कुरा के भने संघको कार्यसमितिको बैठकमै नभएको निर्णयलाई समेत निर्णय गरिएको भनेर उपाध्यक्ष गुरुङलाई निलम्बन भएको भन्दै बिज्ञप्ति त निकाल्यो, तर एक गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्दै एउटै बिज्ञप्ती ४-४ पटकसम्म निकालेर संघले आफ्नो अपरिपक्वता र निर्लज्जता देखायो।

यो पनि पढ्नुहोस् ! NRNA पोर्तुगल: झुटमाथि झुट , बैठकको निर्णय एकातिर , विज्ञप्तिको तमासा अर्कोतिर – पदको दुरुपयोग गर्ने महासचिवलाई कार्वाही गर्न माग ।

उस्तै प्रकृतिका घटनामा समेत संघले फरक फरक निर्णय गरेर समाजलाई झन् आक्रोशित र उत्तेजित बनाएको छ। एउटै घटनामा संलग्न संघका पदाधिकारीहरुलाई जातियताको आधारमा काखा र पाखाको व्यवहार गरेपछि आदिवासी जनजातिहरु झन् आक्रोशित भएका छन्। घटनामा संलग्न भएका महासचिव सुबेदी र उपाध्यक्ष गुरुङ दुबैको संघमा निस्पक्ष छानबिनको लागि निबेदन परेतापनि जातीयताकै आधारमा संघको नेतृत्वले महासचिव सुबेदीको बचाउ गरेको र उपाध्यक्ष गुरुङलाई निलम्बन गरेको उनीहरुको आरोप छ। संघको नेतृत्वलाई सच्चिन आग्रह गर्दा पनि उल्टै जातियताको आधारमा ज्यादती गरेपछि आदिबासी जनजाति महासंघ २४ घण्टे अल्टिमेटम दिन बाध्य भएको हो।

यो पनि पढ्नुहोस् ! एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङको नेतृत्वमा तमु समाज पाेर्तुगल,मगर सङ्घ पाेर्तुगल,तमाङ्ग समाज पाेर्तुगल,किराँत याक्थुम चुम्लुङ पाेर्तुगल,पाेर्तुगल शेर्पा साेसाइटीका अध्यक्षहरुकाे संयुक्त हस्ताक्षर सहित जारि गरिएको विज्ञप्तिमा भनिएको छ-“संघका महासचिव हेमराज सुबेदी र उपाध्यक्ष अशोक गुरुङका बिचमा भएको बिबादको बिषयलाई लिएर विना छलफल एकलौटी ढंगबाट उपाध्यक्ष गुरुङलाई कारबाही गरिएको भन्ने संघको निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। अबकाे २४ घण्टा भित्र तथ्य सहित निर्णय सुधार गरेर नआएको खण्डकाे भैपरी आउने जुनसुकै प्रक्रियाकाे जिम्मेवार गैर आवासिय नेपाली संघ पाेर्तुगल जिम्मेवार हुनेछ। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार