पोर्चुगलमा कोरोना : महामारी शुरु भएयताकै दोश्रो ठुलो संक्रमण , पछिल्लो २४ घण्टामा १२ को मृत्यु, १३९४ संक्रमित

लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् भने १३९४ जना नयाँ संक्रमितको पुष्टी भएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार संक्रमितको यो संख्या पोर्चुगलमा मार्च महिनामा संक्रमण देखिएयताकै दोश्रो ठुलो हो।

पछिल्लो तथ्यांक अनुसार हालसम्म पोर्चुगलमा कोरोनाका कारण २ हजार ६२ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै कुल संक्रमितहरुको संख्या ८३ हजार ९२८ पुगेको छ।

पोर्चुगलमा कोरोना महामारीको संक्रमण शुरु भएयता सबैभन्दा बढी संक्रमित अप्रिल १० तारिखमा एक हजार ५१६ जनामा पुष्टि भएको थियो। त्यसपछिको सबैभन्दा बढी संक्रमितको संख्या हिजो ८ अक्टोबरमा पुष्टि भएको छ।

स्वास्थ्य महानिर्देशनालयका अनुसार हालसम्म ५२ हजार १६४ जना संक्रमित निको भईसकेका छन्। पछिल्लो २४ घन्टामा मात्रै ६४७ जना कोरोनामुक्त भएको तथ्यांक छ।

संक्रमितहरुमध्ये ८११ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। जसमध्ये १२५ जनाको अवस्था चिन्ताजनक छ।

स्वास्थ्य महानिर्देशनालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पुष्टि भएका १३९४ जना संक्रमितहरुमध्ये ६८९ जना उत्तरीक्षेत्रमा , ५५९ लिस्बनमा , ९६ जना मध्यक्षेत्रमा ,अल्गार्भमा ३१ जना र अलेन्तेजोमा ११ जना रहेका छन्।

त्यस्तै मदेइरामा ५ जना र असोरेसमा ३ जना नयाँ संक्रमितहरुको पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको मृत्यु लिस्बनमा, उत्तरीक्षेत्रमा ३ जना र मध्यक्षेत्रमा १ जना रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार