पोर्चुगलमा कोरोना संक्रमणमा रेकर्ड ब्रेक : एकै दिन २००० बढी संक्रमित फेला, शैक्षिक संस्थाहरुमा हाई अलर्ट !

सुरेश जोशी, लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा २०७२ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। सोही समयमा ७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

अक्टोबर महिनामा मात्रै कोरोना संक्रमितको उच्च संख्यामा तीन पटक रेकर्ड ब्रेक भएको छ।

हालसम्म कोरोना संक्रमणले २ हजार ११७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै कोरोना संक्रमितको संख्या ९१ हजार १९३ पुगेको छ।

उपचार पश्चात ५४ हजार ४९३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ४४६ जनाले कोरोनालाई जितेका छन्।

करिब २०० बिद्यालयमा कोरोना संक्रमण फैलियो

त्यस्तै कोरोनाकै कारण ६-६ महिनासम्म बन्द रहेका शैक्षिक संस्थाहरु सेप्टेम्बर -अक्टोबरका लागि नयाँ शैक्षिक शुरु भएपछि एक महिना नपुग्दै देशभरका कयौ बिद्यालयमा कोरोना संक्रमण देखापर्यो। यसघि कोरोनाका कारण बिद्यालयहरु मार्चदेखि नै बन्द भएका थिए।

अघिल्लो सातासम्म देशभरका १४१ बिद्यालयमा संक्रमण देखिएकोमा यो साता संक्रमण फैलिएका बिद्यालयको संख्या १९८ पुगेको छ।

१९८ बिद्यालयका शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य महानिर्देशनालयले सबै बिद्यार्थी, अभिभावक र शिक्षकहरुलाई थप सतर्कता अपनाउन आग्रह गर्दै कोरोना संक्रमण फैलिएका शैक्षिक संस्थाहरुको नाम सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार